बिएल संवाददाता
नेपाल–भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ।
मंगलबार बिहान सशस्त्र सीमा बल ५१औं बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चोक नजिकै पिल्लर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन्।
पक्राउ परेकी महिला उज्बेकिस्तानकी ३० वर्षीया सोफिया उज्बेकोवा र उनीसँगै रहेका युवक सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरीका १९ वर्षीय विकेश कुमार राय रहेको एसएसबीले जनाएको छ।
उनीहरूको साथबाट बिना दर्ता नम्बरको इलेक्ट्रिक स्कुटी, दुई मोबाइल फोन र तीन देशका सिम कार्ड (भारत, नेपाल र उज्बेकिस्तान) एसएसबीले बरामद गरेको छ। सोफियाको साथमा पासपोर्ट वा भिसा जस्ता कुनै आधिकारिक कागजात फेला परेको छैन।
एसएसबीका अनुसार प्रारम्भिक अनुसन्धानमा सोफिया उज्बेकोवा काठमाडौं हुँदै सर्लाहीको मलंगवा पुगेकी र त्यहाँबाट सोनवर्षा सीमाना पार गरी भारतको दिल्ली जाने तयारीमा रहेको खुलेको छ।
सो यात्रामा उनलाई नेपाली युवक विकेशले सहयोग गरिरहेको एसएसबीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भइरहेको छ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया