बिएल संवाददाता
महान्यायाधीवक्ता सविता भण्डारीले नाबालिगहरूको भ्रूण अवैध रूपमा संकलन गरेको आरोपमा अनुसन्धान भइरहेको आईभीएफ सेन्टरविरुद्ध मुद्धा नचलाउने निर्णय गरेकी छन्।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले मुलुककै पहिलो महिला महान्यायाधीवक्ता बनाएकी भण्डारीले आफ्नै लगानीसमेत रहेको होप फर्टिलिटी विरुद्ध आपराधिक गतिविधिमा मुद्धा नै नचल्ने निर्णय गराएकी हुन्।
स्रोतका अनुसार उनले कानुनी रुपमा अघि बढिरहेको मुद्धा प्रक्रियामा हस्तक्षेप गर्दै स्वार्थ बाझिँने काम गरेकी हुन्। अवैध भ्रुण संकलनमा उनकी छोरी डा. प्रतुसा बराल समेत जोडिएकी छन्।
उक्त गैरकानुनी काममा जोडिएकी अर्की डा. स्वस्ति शर्मा पनि भण्डारीकै पारिवारिक सदस्य भएको खुलेको छ। उनी सविताकी सानीमाकी छोरी हुन्।
‘परिवर्तित नाम सी.आई.वि– १० (२०८१/२०८२) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी डा. स्वस्ति शर्मा समेत भएको बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसुर मुद्दाको मिसिल उच्च सरकारी वकिल कार्यालय, पाटन चलानी नम्बर २६६७ मिति २०८२ असोज २६ को पत्रसाथ मुद्दा नचलाउने निर्णय गरी यस कार्यालयमा निर्णयार्थ प्राप्त भएकोमा नायव महान्यायाधिवक्ताबाट मिति २०८२ असोज ३० मा डा. स्वस्ति शर्मासमेत उपर बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसुर मुद्दामा मुद्दा नचलाउने निर्णय निकासा भएको ब्यहोरा जानकारी गराइन्छ,’ महान्यायाधीवक्ता कार्यालयको निर्णयमा भनिएको छ।
भण्डारीको स्वार्थ बाझिँने गतिविधि बाहिर आइसक्दा पनि प्रधानमन्त्री सुशीला कार्कीले नजरअन्दाज गरेको आरोप लागेको छ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया