सोमबार, ०८ डिसेम्बर २०२५

गृहमन्त्री र नवनियुक्त आईजीपीले भेटे जेनजी आन्दोलनका घाइते

News Image
• • •

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरी प्रमुख कार्कीले गृहमन्त्रीको कार्यकक्षमा पुगेर भेट गरेका हुन्।

भेटमा गृहमन्त्री अर्यालले देशमा शान्ति, सदभाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधि सभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोवल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए। 

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रुपमा हुने आदेश र निर्देशको परिधीभित्र रही आफू र आफ्नो संगठनले सधै जनताको जिउधनको सुरक्षा र शान्ति सुवास्था कायम गर्दै आफू दत्तचित्त भइ लाग्ने प्रतिवद्धता व्यक्त गरे।

यसै क्रममा गृहमन्त्री अर्याल र नवनियुक्त प्रहरी प्रमुख कार्कीले जेन-जी आन्दोलनका दुई जना घाइते र जेनजी प्रतिनिधिसँग भेट छ। भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रवन्ध र जेन-जीका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!