आइतबार, १४ डिसेम्बर २०२५

बिबिसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति नदिने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

बिबिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको छ। तर ट्रम्पले दाबी गरेअनुसार जरिवाना तिर्न भने बिबिसीले अस्वीकार गरेको छ।

ट्रम्पका बारेमा बिबिसीले प्रशारण गरेको एउटा भिडिओ सामग्रीलाई बिबिसीले ‘अनावश्यक’ सम्पादन गरेको भनेर आलोचना भएको थियो। त्यो विवादलाई बिबिसीले आन्तरिक अनुसन्धान गरेपछि त्यसमा उनको भाषणलाई विभिन्न कोणबाट बङ्ग्याएर राखिएको पाइएको थियो।

त्यही विवादमा बिबिसीका प्रमुख कार्यकारी महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका थिए। ट्रम्पले यो कदमको स्वागत गरेका थिए। बिबिसीको चर्चित कार्यक्रम प्यानोरमा अन्तर्गत उक्त डक्यूमेन्ट्री प्रशारण भएको थियो।

त्यसपछि पनि ट्रम्पले बिबिसीले आफ्नो चरित्र हत्या गरेको भन्दै त्यसवाफत १ अर्ब डलर क्षतिपूर्ति दाबी गरेका थिए। बिबिसीले ट्रम्पको उक्त मागदाबीलाई भने अस्वीकार गरेको छ।

बिबिसीको करेक्सन्स एन्ड क्लिएरीफिकेन्स’ सेक्सनले एक विज्ञप्ति जारी गर्दै उक्त भिडिओ सम्पादनमा गल्ती भएको भन्दै माफी मागेको हो। बिबिसीले आगामी दिनमा उक्त कार्यक्रम प्रशारण पनि नगर्ने जनाएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!