चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादमै १ महिना बिताइसकेको नेपाली काँग्रेसको संस्थापन पक्ष पनि विभाजित देखिएको छ। केन्द्रीय कार्य समिति बैठकमा औपचारिकरुपमै वैशाखपछि महाधिवेशन गर्ने प्रस्ताव राखेको यो पक्षका केही नेताहरूले अहिले भने मंसिरभित्रै महाधिवेशन सुरु गर्नका लागि आफ्नो समूहलाई दबाव दिन थालेका छन्।
शुक्रबार काँग्रेसभित्रका विभिन्न समूहहरूको भेला चलिरहँदा संस्थापन पक्षका २५ जना नेताहरूले केन्द्रीय समितिलाई सात बुँदे ज्ञापनपत्र बुझाएका छन्।
उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाले समेत विधानले तोकेअनुसार समयमै महाधिवेशन गर्न निर्देशन दिइसकेको भन्दै कार्य समिति बैठकले मंसिर १५ भित्रै महाधिवेशन मिति घोषणा गर्नुपर्ने उल्लेख गरेका छन्।
‘जारी बैठकको पहिलो दिन अशोज २८ गते आदरणीय सभापतिज्युको मन्तब्यमा नै नेपाली कांग्रेसको एकता आजको आवश्यक्ता, वर्तमान अवस्थामा व्यक्तिगत वा गुटगत स्वार्थलाई थाती राखरे एकताबद्ध हुन र आगामी १५औं महाधिवेशन बैधानिक व्यवस्था अनुसार गर्न निर्देशनात्मक मन्तब्य समेत दिनु भएको सन्भर्दमा नेपालीजनको अपेक्षा पूरा गर्दै लोकतान्त्रीक ब्यबस्थालाई मजबुत बनाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै यस जारी केन्द्रीय समितिको बैठकबाट निम्न बमोजिमका निर्णयले ईतिहासले सुम्पेको जिम्मेवारी पुरा गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा हाम्रो बिचार पेश गरेका छौं’ज्ञापनपत्रमा भनिएको छ।
२ . आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसीर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने I
३. वर्तमान अवस्थालाई मध्यनजरगरी युवा पुस्ताहरुको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी बिधानमा संसोधन गर्नुपर्ने ।
४. हालसम्म पनि पार्टीको आन्तरीक निर्वाचन समितिले पुर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति बिस्तार गरी पुर्णता दिनु पर्ने ।
५. आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेशी, मुश्लीम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने ।
६. अब हुने स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने
७. संविधान संशोधनको सन्दर्भमा पार्टा वडादेखि केन्द्रट्ठीय तहसम्म ब्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारणा निर्माण गर्ने।
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया