बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी छोडेका नेता सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको अभियानमा जोडिने भएका छन्। यसअघि देखि नै शर्माको समूहसँग वार्ता र छलफलमा रहेका परियारले पार्टीबाट राजीनामा दिएपछि पनि छलफललाई अघि बढाएका छन्।
सुदन किराँती, राम कार्कीलगायतका नेताहरू रहेको प्रगतीशील अभियान नेपाललाई शर्माले अगुवाई गरिरहेका छन्। परियारले शुक्रबार पार्टीका कार्यबाहक सभापति डिपी अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका थिए। उनको राजीनामापछि रास्वपाले परियारलाई शुभकामना दिइसकेको छ।
‘राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना’ रास्वपाले भनेको छ। परियार यसअघि तत्कालीन प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए। त्यस्तै पार्टीमा उनी सचिवालय सदस्य पनि थिए।
राजीनामा पत्रमा उनले पार्टीमा आफ्नो बिचार स्थापित गर्न नसकेको भन्दै कमजोरी स्वीकार गरेका छन्। त्यसलाई आफ्नो कमजोरीका रुपमा स्विकार गर्दै परियारले अब नयाँ राजनीतिक अभियानको खाँचो भएका कारण आफूले पार्टी परित्याग गरेको पनि बताएका छन्।
‘नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ। तसर्थ, बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु’ परियारले राजीनामा पत्रमा भनेका छन् ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँद त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रुपमा लिएकोछु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुखी छु।’
रास्वपा त्याग गरेसँगै परियार अब जनर्दन शर्माको नेतृत्वमा जोडिनेछन्। शर्माको समूहले नयाँ पार्टी दर्ताको तयारी गरिरहेको छ। त्यसमा परिवारलाई जिम्मेवार पद दिइने भएको छ।
पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई समेत बिलय गराउँदै माधव नेपालसहितका विभिन्न वाम समूह मिलाएर ‘नेपाली कम्युनिष्ट पार्टी’को नेतृत्व सम्हाल्न गएपछि शर्माहरूले विद्रोह गरेका थिए।
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया