बिएल संवाददाता
विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ।
सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्नेगरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो।
प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ। प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए।
यस्तै, प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने नागरिक बचाउ दलका नेताहरुले बताएका छन्।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिने तयारी गरिरहेको छ। उनले प्रसाईंलाई अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको पनि बताए।
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया