बिएल संवाददाता
प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तले सीईओ अशोक शेरचनलाई रिझाएर कर्मचारीको नामबाट पेश्की निकालेर दुरुपयोग गर्ने गरेको रहस्य खुलेको छ।
बैंक स्रोतका अनुसार हालैमात्र उनले दुईजना बैंक कर्मचारीको नामबाट लाखौं पेश्की निकालेकी थिइन्। बैंकमा कार्यरत गंगादत्त कपाडीको नाममा २९ लाख २५ हजार र स्टाफ प्रतीज्ञा भट्टराईको नाममा ३३ लाख ५७ हजार रकम निकालेकी थिइन्।
गत महिना पक्राउ परेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको ‘मुद्दा मिलाउन’ चाहिने भन्दै उनले सीईओकै निर्देशनमा रकम निकालेको स्रोतको दाबी छ। तर उनले त्यो रकम सबै आफ्नै व्यक्तिगत प्रयोजनमै खर्च गरिन्।
भट्टचन पक्राउ परेपछि सीईओ शेरचन केही दिन कार्यालय आएका थिएनन्। त्यो बेला रश्मीले आफ्ना जुनियर कर्मचारीहरूलाई कन्भिन्स गर्दै उनीहरूकै नामबाट रकम निकासा गरेकी हुन्। कम्पनीका अध्यक्ष भट्टचनलाई बाहिर निकाल्नका लागि मुद्दा मिलाउने क्रममा अदालतदेखि विभिन्न ठाउँमा ‘सेटिङ’ मिलाउन खर्च हुने भन्दै उनले त्यसरी पेश्की रकम निकालेकी हुन्।
बैंकको रकम यसरी व्यक्तिगत तथा कुनै गैरकानुनी काममा खर्च गरिनु बैंकिङ कसुर मानिन्छ। यो स्पष्ट रुपमा भ्रष्टाचार तथा वित्तीय दुरुपयोग पनि हो। तर आफ्नो पद र बैंकका ‘हाकिम’हरूसँग निकट भएकै आधारमा पन्तले प्रभु बैंकमा यस्ता धेरै मनपरी गर्दै आएकी छन्।
पेश्की रकमबारे बुझ्न पन्त र कपाडीलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन भने कर्मचारी भट्टराईले फोन उठाएनन्।
२०७२ सालमा जूनियर अफिसरबाट बैंक छिरेकी पन्त २०८१ सालमै अर्थात् ९ बर्षमै असिस्टेन्ट जनरल म्यानेजर (एजीएम)मा फड्को मारिसकेकी छन्। अर्थात बैंक प्रवेश गरेदेखिको ९ वर्षको अवधिमा १० पटक बढुवा भइसकेकी छन्।
बैंक स्रोतका अनुसार सीईओ शेरचनले उनलाई आगामी साउनमा पुनः बढुवा गर्दैछन्। जबकी उनीभन्दा सिनियर कर्मचारी वर्षौंदेखि बढुवा कुरेर बसिरहेका छन्।
पन्तमाथि स्रोतको चरम दुरुपयोग, अनियमितता, स्वार्थ बाझिने तथा नातावाद हाबी हुने गरी नियमविपरीतका कार्य गर्दै आएको गम्भीर आरोप लागेको छ। त्यसो त सिंगो बैंक नै पन्तकै निर्देशनमा चल्छ भन्दा फरक पर्दैन।
सीईओ शेरचनसँगको निकट सम्बन्धको आडमा पन्तको हैकमले बैंकका कर्मचारी आजित बनेका छन्। जुनियर कर्मचारीको त कुरै छोडौं सिनियर कर्मचारीहरूमाथि समेत हैकम जमाउन खोज्ने रश्मीको हर्कतले कर्मचारीहरू असन्तुष्ट छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया