महेश चौलागाईं
जुम्लाकाे पातारासी गाउँपालिका–१ मा ट्र्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
पातारासी गाउँपालिका–१ मा ट्र्याक्टरले ठक्कर दिएपछि एक युवकको मृत्यु भएको छ।
शनिबार अपराह्न करिब साढे चार बजेतिर ढुङ्गा बोकेर गइरहेको क.०२–००१ ट ०१३८ नम्बरको ट्र्याक्टरको ठक्करबाट माथाचौर क्षेत्रमा १७ वर्षीय नन्दराम बुढाको मृत्यु भएको हो। मृतक युवक पातारासी–२ का गोरबहादुर बुढाका छोरा हुन्।
पातारासी–१ सेलागढी गाउँ नजिकै उनलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा उद्धार गरिए अस्पाल पुर्याइएकोमा उपचारका क्रममा उनको मत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।
दुर्घटनापछि ट्र्याक्टर चालक धर्मेन्द्र बुढा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया