बिएल संवाददाता
३४ औं अन्तराष्ट्रिय दिवशको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरी, करूणा फाउण्डेसन नेपाल र कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा मंसिर १७ गते विराटनगर स्थित वीरेन्द्र सभा गृहमा कार्यक्रम सम्पन्न भएको हो।
कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान भन्ने मुल नाराका साथ समापन कार्यक्रममा माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेशसभाका माननीय सदस्यहरू, स्थानीय तहका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, नागरिक समाज तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो।
कार्यक्रममा कोशी प्रदेशका ६५ जना प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरूले सङ्गीत तथा गायन, साहित्य, नृत्य, चित्रकला, हस्तकला, अभिनयरक्यारिकेचर, वक्तृत्वकला, कार्यक्रम प्रस्तोता र नवप्रवर्द्धन गरी नौ विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गीतकारद्वय बुलु मुकारुङ र वसन्त सापकोटा, गायकद्वय राजु लामा र प्रितम आचार्य, निर्देशक त्रेय मीनबहादुर भाम, विशाल भण्डारी र सोनु जयन्ती, साहित्यतद्वय मनु मंजिल र कृष्ण विनोद लम्साल, चित्रकारद्वय महेन्द्र राई र अमिर बंजन र नृत्यतर्फ निलु थापा र निलम ढुङ्गाना र हस्तकलातर्फ कृति श्रेष्ठ उपाध्याय सहितका व्यक्तित्वहरूले हौसला प्रदान गर्नका साथै उपस्थित विशिष्ठ व्यक्तिहरूले आ–आफ्ना विधामा प्रस्तुती समेत दिएका थिए।
कार्यक्रमले प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरूलाई केवल मञ्च प्रदान गर्ने मात्र नभई व्यावसायिक प्रतिभा विकास र आत्मनिर्भरता तर्फ मार्गदर्शन गर्ने उद्देश्य सफलतापूर्वक आरम्भ गरेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया