शनिबार, २४ जनवरी २०२६

प्रभु बैंङ्कका सिईओसहित चारजना थप दुई दिन थुनामै रहने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रभु बैंकका प्रमुख कार्यकारीअधिकृत(सिईओ) अशोक शेरचनसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएका चारजनामाथि अनुसन्धान गर्न दुई दिन म्याद थपिएको छ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले अनुसन्धान पूरा नभएको भन्दै दुई दिन म्याद थप गरेको हो।

सिआईबीले मंसिर १४ गते शेरचनसहित डिप्यूटी सीईओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्यलगायतलाई पक्राउ गरेको थियो।

उनीहरूबिवरुद्ध बैंकिङ कसुर सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो।

शेरचनसहितले राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरित कार्य गरी बैंकलाई हानी नोक्सानी पुर्‍याएको र सो अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!