आइतबार, २५ जनवरी २०२६

लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो, सञ्चालक घाइते

News Image
• • •

दाङको लमही बजारमा गोली हानेर सुनचाँदी पसल लुटपाटको प्रयास भएको छ।

लमहीस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा पसल सञ्चालक घाइते भएका प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।

सुन पसल लुटपाट गर्ने उद्धेश्यले गोली प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ। आक्रमणकारी फरार रहेको र आक्रमण स्थल नियन्त्रणमा लिइएको दाङ प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!