बुधबार, २१ जनवरी २०२६

गोवाको नाइट क्बलमा आगो- २३ जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भारतको पर्यटकीय सहर गोवाको एउटा नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार शनिबार राति अबेर उक्त क्लबमा सिलिन्डर ग्याँस विष्फोट भएको थियो।

प्रहरीले त्यसरी मृत्यु हुनेमा अधिकांश उक्त क्लबकै कर्मचारीहरू छन्। तीन महिला र केही पर्यटकहरूको समेत शव फेला परेको छ।

राति नै गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलगायत सरकारी अधिकारीहरू घटनास्थल पुगेका थिए। उनले घटनाबारे तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिइसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!