बिएल संवाददाता
अमेरिकाले हालै एउटा कडा सुरक्षा रणनीतिक दस्तावेज सार्वजनिक गरेको छ। खासगरी आप्रवासन अन्त्य तथा युरोपेली नियन्त्रणमुखी नीतिको अस्वीकार गर्नेजस्ता अमेरिकी सुरक्षा दस्तावेजको अहिले आलोचना पनि हुन थालेको छ।
तर रुसले भने आफ्नो राष्ट्रिय नीतिसँग मेल खाने भन्दै अमेरिकाको उक्त सुरक्षा रणनीतिको स्वागत गरेको छ।
रुस सरकारका प्रवक्ता डिमित्री पेस्कोफले अमेरिकाको उक्त नीतिले रुसलाई सहयोग पुग्ने भन्दै त्यसको स्वागत गरेका छन्।
‘रुसप्रति नरम भाषा प्रयोग गरिएको अमेरिकाको उक्त दस्तावेज हाम्रा दृष्टिकोणहरूसँग मेल खान्छन्’ उनले भनेका छन् ‘हामीले यसलाई सकारात्मक कदमका रुपमा लिएका छौं।’
अमेरिकाले उक्त रणनीतिमा इयुको भने कडा विरोध गरेको छ।
रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गराउने अमेरिकाको प्रयास सकेसम्म असफल गराउनका लागि युरोपियन युनियनले सक्दो प्रयास गरेको भन्दै अमेरिकाले आलोचना गरेको छ।
नयाँ रणनीतिमा 'पश्चिमा पहिचान'को पुनर्स्थापनाको विषय अघि सारिएको छ। आगामी '२० वर्ष वा त्योभन्दा कम समयमा' युरोप चिन्नै नसकिने हुने भन्दै दस्तावेजमा युरोपका आर्थिक मुद्दाहरू उसको 'सभ्यतागत अस्तित्व नै मेटिन सक्ने वास्तविक सम्भावनाका कारण ओझेलमा परेको' उल्लेख छ।
‘निश्चित युरोपेली देशहरूसँग भरपर्दो साझेदार बनिराख्न लायक अर्थतन्त्र वा सैन्य शक्ति बाँकी रहने कुरा नै स्पष्ट छैन’ अमेरिकाले भनेको छ।
बिबिसीकाे सहयाेगमा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया