बिएल संवाददाता
भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता अमेरिकाको राजधानी वाशिंगटन डीसी जाने भएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचाडो अमेरिका आउन लागेको र उनले आफूलाई भेट्ने अपेक्षा व्यक्त गरेको बताएका छन्।
ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा,‘म बुझ्छु उनी अर्को साता कुनै समय आउँदैछिन् र म उनलाई भेट्नको लागि उत्सुक छु,’ भनि बताएको अमेरिकन सञ्चारमाध्यमले जनाएका छन्।
यो भेट ट्रम्प र माचाडोको पहिलो प्रत्यक्ष भेट हुनेछ। माचाडोले अक्टोबर २०२५ मा नोबेल शान्ति पुरस्कार जितेपछि ट्रम्पसँग त्यो समयदेखि ट्रम्पसँग सीधा कुरा नभएको बताएकी थिइन्।
ट्रम्पले माचाडोलाई ‘अति राम्रो महिला’ भनेका छन् तर भेनेजुएलामा उनको नेतृत्व क्षमताप्रति शंका पनि व्यक्त गरेका छन्।
ट्रम्पका अनुसार देशभित्र उनले पर्याप्त समर्थन र सम्मान पाउने अवस्था छैन।
माचाडोले फक्स न्यूजसँग दिएको अन्तरवार्तामा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समातिएको घटनाप्रति ट्रम्पलाई व्यक्तिगत रूपमा धन्यवाद भन्न चाहेको बताएकी थिइन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया