बिएल संवाददाता
अमेरिकाले अवैध रुपमा बसोबास गर्दै आएका ९१ जना नेपाली नागरिकलाई एकैदिन डिपोर्ट गरेको छ।
अमेरिकाले डिपोर्ट गरी चार्टर्ड विमानमार्फत नेपाल फिर्ता पठाएका उनीहरू माघ ५ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि एकैदिन यति ठूलो संख्यामा नेपाली डिपोर्ट भएको यो पहिलो घटना हो।
यसअघि पुस ३ गते ७५ जना नेपाली एकैपटक डिपोर्ट भएका थिए। त्यस्तै विभिन्न मितिमा ३७–३७ जना नेपालीलाई पनि अमेरिकाले चार्टर विमानमार्फत नेपाल फिर्ता पठाएको थियो।
अवैध रूपमा अमेरिका प्रवेश गरेको, भिसाबिना बसेका वा कानुनी आधार नभएका आप्रवासीहरूमाथि अमेरिकाले कडाइ गर्दै देशनिकाला गरेको छ।
के बालेन ओलीले भनेजस्तै फिरंगी नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया