बिएल संवाददाता
भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गी रहेका छन्।
मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खपाङ्गीकाे मृत्यु शुक्रबार भएसँगै त्यहाँ ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको हाे।
यसअघि २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हाे। उनीहरू दाजुभाइ हुन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया