बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेकाे छ।
न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा चौधरीको रिट निवेदनमाथि सुनुवाइ भइरहेको हाे।
यो सुनुवाइले चौधरीको मागमाथि अन्तरिम आदेश दिने कि नदिने भनेर तय गर्ने छ।
यसअघि गत आइतबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको थियो।
प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया