बिएल संवाददाता
ओखलढुंगामा दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राई दम्पती हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ घर भएका ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोर छन् ।
उनीहरूले चिशंखुगढी गाउँपालिका–६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको १२ माघको राति हत्या गरेको पाइएको प्रहरीले बताएको छ।
लुट्ने उद्देश्यले उनीहरू काठमाडौंदेखि ओखलढुंगा गएर हत्या गरेको पाइएको सीआईबीले बताएको छ ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया