आइतबार, ०८ मार्च २०२६

धनुषामा स्यालको आतंकः आधा दर्जन बढी घाइते

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

धनुषामा स्यालको आक्रमणबाट आधा दर्जन बढी स्थानीय गम्भीर घाइते भएका छन्।

लक्ष्मिनियाँ गाउँपालिका–१ मा स्यालको आक्रमणबाट ६५ वर्षीय चन्देश्वर यादव, लक्ष्मिनियाँ गाउँपालिका(२ का १७ वर्षीय अनिल यादव, सोही स्थानका संतोष यादव तथा ५० वर्षीय प्रगास मण्डल घाइते भएका हुन्।

त्यसैगरी स्यालको आक्रमणबाट एक महिलाको अवस्था गम्भीर छ। पहिचान नखुलेकी ती महिलालाई काठमाडौं रेफर गरिएको छ।

बाँकी घाइतेहरूको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ।

घाइतेहरूको शरीरको विभिन्न भागमा स्यालले टोकेको बताइएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!