बिएल संवाददाता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवाद छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
समितिको संयोजकमा महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहान रहेका छन्।
समितिले १५ दिनभित्र संघको लेखा तथा कामकारबाहीका सम्बन्धमा छानबिन गरी प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। यसअघि भएको एनआएरएनको निर्वाचनमा धाँदली भएको भन्दै एक पक्षले विराेध जनाएकाे थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया