शनिबार, १४ मार्च २०२६

‘ब्राउनसुगर’ कारोबारी समात्न प्रहरीले गोली चलायो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हवाइ फायर गरी लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका–८ बाट प्रहरीले सुर्खेतको चिङ्गाड गाउँपालिका–४ घर भएका ४७ वर्षीय ललित चन्दलाई पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे हाे।

लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

उनलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात गर्न खाेजेपछि एक राउन्ड हवाइ फायर गरी नियन्त्रण गरिएकाे हाे।

खानतलासी गर्दा ललितको साथबाट शुद्ध ३६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!