बिएल संवाददाता
चितवनका तीनवटै प्रतिनिधि सभा निर्वाचनको मत गणनाको लागि मतदानस्थलमा १० फिट अग्लो तारजाली लगाइएको छ।
चितवनका मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलका अनुसार चितवनको तीनवटै निर्वाचन क्षेत्रमा मतपत्र जोगाउनको लागि १० फिट अग्लो तारजाली लगाएर मतगणनालाई व्यवस्थित गर्न लागिएको हो।
चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा भुवानीशंकर कलेज खैरहनी, क्षेत्र नम्बर २ मा उद्योग संघ चितवनको प्रदर्शनी स्थल, निर्वाचन क्षेत्र नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणना स्थल तोकिएको छ।
मतगणनास्थलमा चार्जहुने बत्ति र सीसीक्यामेरा पनि जडान गरिएको छ। तारजालीभित्र मतगणनामा खटिएका कर्मचारी र सुरक्षाकर्मीबाहे अन्य व्यक्ति प्रवेश गर्न पाउने छैनन्। उम्मेदवारका प्रतिनिधिहरू पनि जालीबाहिर मात्रै बस्न पाउने छन्।
०७४ सालनको स्थानीय तह निर्वाचनमा उम्मेदवारका प्रतिनिधिले मतपत्र मुखमा हालेर चपाएपछि पुनः मतदान गर्नुपरेको थियो। सो घटनापछि मतगणनास्थलमा तारजालीको व्यवस्थापन गर्न थालिएको हो।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया