बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी नहुने भएका छन्।
कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सहभागी हुन नसकेकाे बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
काठमाडौं महानगरका मेयर निर्वाचनमा सहभागी नभएता पनि उपमेयर सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा गएकी छिन्।
बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसकी विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिडिरहेका छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया