शनिबार, ०८ अगस्ट २०२६

अध्यागमनका कर्मचारीमाथि कुटपिट प्रकरणः छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति 

News Image
• • •

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारीमाथि भएको कुटपिटको विषयमा छानबिन गर्न गृहमन्त्रालयले छानबिन समिति गरेको छ। 

शुक्रबार दिउँसो विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीसँग विवाद भएपछि अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट भएको थियो।  

 उक्त विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरिएको छ। गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!