बिएल संवाददाता
निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई सहयोग नगरेको भन्दै नेपाली काँग्रेस केन्द्रीय समितिमा परेका उजुरी तथा उम्मेदवारहरूले बुझाएका निर्वाचन प्रतिवेदनमाथि पार्टीले अध्ययन अनुसन्धान सुरु गरेको छ।
काँग्रेसका आधिकारिक उम्मेदवारहरूलाई सहयोग नगरेको तथा पार्टिभित्र ‘अन्तर्घात’ गरेको भन्दै निर्वाचन सकिएपछि उम्मेदवारहरूले आफ्नो प्रतिवेदनमा विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेका थिए भने कतिपयविरुद्ध कारबाहीका लागि उजुरी नै परेको थियो।
यसअघि नै काँग्रेसको केन्द्रीय अनुशासन समितिले ‘फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्ला र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा हालसम्म ५०७ जना व्यक्तिको विरुद्ध उजुरी दिनुभएको’ भन्दै ती उजुरीहरूको बर्गीकरणसमेत गरेको थियो।
उक्त निर्वाचनमा दाङका विभिन्न उम्मेदवारहरूले पनि निर्वाचन प्रतिवेदनमा आफूलाई असहयोग गरेका नेता तथा कार्यकर्ताहरूलाई कारबाहीको माग गरेका छन्। दाङका सबै (तीन) निर्वाचन क्षेत्रमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु बिजयी भएका थिए।
दाङ क्षेत्र नं २ का उम्मेदवार किरणकिशोर घिमिरेले आफ्नो निर्वाचन प्रतिवेदनमा जिल्लाका विभिन्न नेताहरूको नाम उल्लेख गर्दै कारबाहीको सिफारिस गरेका छन्। नेपाली काँग्रेसका एकजना केन्द्रीय पदाधिकारीका अनुसार क्षेत्र नं २ बाट हाल लुम्बिनी प्रदेशका उद्याेग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने(गुन्टु), पूर्वस्वास्थ्यमन्त्री राजु खनाल, जिल्ला नेता खगराज पाण्डेलगायतलाई कारबाहीका लागि सिफारिस गरेका छन्। उनका अनुसार लुम्बिनीबाट मात्रै झन्डै एकसय भन्दा धेरैको नाममा कारबाहीका लागि सिफारिस तथा उजुरीहरू परेका छन्। पार्टीको लुम्बिनी प्रदेश समितिले राजु खनाल र खगराज पाण्डेलाई प्रदेशकै चुनावी कमाण्डर बनाएर खटाएको समेत थियो। खनाल नेपाली काँग्रेस लुम्बिनीका उपसभापति र पाण्डे पार्टीका प्रदेश सहमहामन्त्री पनि हुन्। त्यस्तै मन्त्री न्याैपाने नेपाली काँग्रेस लुम्बिनीमा प्रवक्तासमेत हुन्।
‘देशैभरिबाट सयौं उजुरीहरू आएका छन्। केन्द्रीय अनुसाशन समितिले त्यसको अध्ययन गरिरहेको छ। सम्बन्धित व्यक्तिहरूलाई स्पष्टीकरण सोध्ने, उम्मेदवारहरूसँग थप जानकारी लिनेजस्ता कामहरू भइरहेका छन्’ ती पदाधिकारीले भने ‘आरोप लागेका वा उजुरी परेकाहरूलाई एक हप्ताभित्र स्पष्टीकरण बुझाउन भनिएको छ र ती उजुरीका लागि चैत मसान्तसम्मको समय दिइएको छ। पार्टीले अविलम्ब निर्वाचनसम्बन्धि आन्तरिक विवाद र यस्ता मुद्दाहरू टुङ्ग्याउन पनि भनिसकेको छ। अनुशासन समितिले पनि त्यहीअनुसार काम गरिरहेको छ।’
यसअघि गत चैत १८ गते बसेको नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले ती उजुरी तथा कारबाहीका लागि उम्मेदवारहरूले गरेको सिफारिसका आधारमा उजुरीहरूलाई बर्गीकरणसमेत गरेको थियो। समितिले निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रुपमा विपक्षीलाई टेवा पुर्याएका, निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका र नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेको भनेर उजुरी परेका व्यक्तिहरूलाई वर्गीकरण गरेको थियो। त्यस्तै पहिलो चरणमा उनिहरूलाई एकहप्ताभित्र स्पष्टीकरण दिन पनि भनेको थियो।
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया