बिहिबार, १४ मे २०२६

विजय थलापतिको सम्पत्ति कति छ?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

दक्षिण भारतको राजनीतिमा थलापति विजयले एक नयाँ अध्यायको सुरुआत गरेका छन्। 

४ मईमा तमिलनाडु विधानसभाको नतिजा आएपछि साउथका सुपरस्टार थलापतिको चर्चा झनै बढेको छ। 

थालापित विजय साउथ इन्डस्ट्रीको एक प्रसिद्ध अनुहार हुन्, जसका प्रशंसकहरू दक्षिण भारतमा मात्र नभई विश्वभर छन्।

सुपरस्टारले आफ्नो अभिनय करियर बाल कलाकारको रूपमा सुरु गरेका थिए।

उनले आफ्नो करियरमा अहिलेसम्म धेरै ब्लकबस्टर फिल्म दिएका छन्।

रिपोर्ट अनुसार, विजयको सम्पत्ति ६२४ करोड रुपैयाँ छ। जसमा उनको चल सम्पत्ति ४०४ करोड र अचल सम्पत्ति २२० करोड छ। 

वित्त वर्ष २०२४–२५ को लागि उनको घोषित आय १८४.५३ करोड रुपैयाँ थियो। 

२७ मार्च २०२६ सम्म इन्डियन ओवरसीज बैंकको सालिग्राम शाखामा उनको एक बचत खातामा २१३.३६ करोड रुपैयाँ राखिएको थियो। 

त्यसका साथै थलापति विजयले चार बैंकमा कुल १०० करोड रुपैयाँ डिपोजिट गरेका थिए। सेयरमा उनको मात्र १९ लाख ३७ हजार रुपैयाँ छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!