बिएल संवाददाता
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।
कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिउँसै युवकको हत्या भएको हो।
विपिन घिमिरे नाम गरेका युवकमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा धारिलो हतियार प्रहार भएको थियो।
गम्भीर घाइते भएका घिमिरेलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
आक्रमणकारीको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मारिने र मार्नेहरू प्रहरीसँग यसअघि नै परिचित थिए। उनीहरूमाथि यसअघि नै विभिन्न मुद्धाहरू चलिसकेको खुलेको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया