बिएल संवाददाता
जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिन बाबु रेग्मीका अनुसार बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो।
घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको छ।
पीडितले बुढाले पटक–पटक धम्क्याउँदै आफूलाई जबर्जस्ती करणी गरेको उजुरी दिएकी छन्।
घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया