बिएल संवाददाता
वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ।
राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया