बिएल संवाददाता
नुवाकोटमा हत्या गरिएको अवस्थामा दाजु–भाइको शव फेला परेको छ।
मृत फेला पर्नेमा म्यागङ गाउँपालिका-४ किम्ताङ गाउँका ४१ वर्षीय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ छन्। उनीहरू दाजु-भाइ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो ४ बजे स्थानीय खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको हो।
दाजुभाइको शवको प्रकृति हेर्दा गोली हानेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि सो पुष्टि भइनसकेको प्रहरीले जनायो।
बुधबार बिहान तामाङ दाजुभाइ बेपत्ता भएको भन्ने जानकारी खोजतलासमा निस्किएको प्रहरी टोलीले दिउँसो ४ बजेमात्रै दाजुभाइको शव फेला पारेको थियो।
प्रहरीका अनुसार गाउँकै एक व्यक्ति घटनापछि फरार रहेकोले हत्यामा उनको संलग्नता हुनसक्ने अनुमान छ। मारिने र फरार व्यक्ति सँगै निर्माणका काम गर्नेहरू रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्नहरूको खोजी कार्यसहित घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया