बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल एयरलाइन्सको उडानमार्फत मंगलबार बिहान पौने १२ बजे भारतको दिल्ली उड्न लागेका सिरहा धनगढीमाई नगरपालिका–१३ घर भएका अजित श्रेष्ठ पक्राउ परेका हुन्।
श्रेष्ठलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
उनले ती राहदानीहरू रोमानियाको भिसा लगाइदिने भन्दै भारत लैजाँदै गरेको खुलेको छ। विमानस्थल सुरक्षा स्रोतका अनुसार एकैपटक यतिधेरै राहदानी बोक्न उनले कुनै आधिकारिक निकायबाट स्वीकृती लिएका थिएनन्।
विमानस्थल सुरक्षा कार्यालयले पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाएको छ।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया