सोमबार, १५ जुन २०२६

आधुनिक प्रविधिबाट सुन्दरता निखार्दै केएमसी

तेजन खड्का

तेजन खड्का

काठमाडौं
News Image
• • •

सुन्दर र आकर्षक देखिने चाहना कसलाई हुँदैन र? ऐनामा अनुहार हेर्दा, समाजमा आत्मविश्वासका साथ उभिँदा, वा जीवनका नयाँ अवसरहरू अँगाल्दा— मानिस सधैँ आफूलाई अझ राम्रो, अझ सन्तुलित र अझ आकर्षक देखिन चाहन्छ। 

तर कहिलेकाहीं शरीरका अंगहरूमा देखिने अनावश्यक गाँठागुँठी, दाग, कोठी, रौँ तथा विभिन्न प्रकारका छालासम्बन्धी रोगहरूले सुन्दर अनि आकर्षक देखिने मानिसका चाहनामा अवरोध पुर्‍याइरहेका हुन्छन्। 

यही मानवीय चाहनालाई वैज्ञानिक र सुरक्षित ढंगले सम्बोधन गर्दै काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले यससम्बन्धी सम्पूर्ण रोगहरूको अत्याधुनिक उपचार पद्धति सञ्चालनमा ल्याएको छ।

नेपाली कांग्रेसका लोकप्रिय नेता सुनील शर्माद्वारा काठमाडौंको सिनामंगलमा सञ्चालित केएमसी अस्पतालले छाला, कपाल तथा नङसँग सम्बन्धित रोगहरूको अध्ययन र अत्याधुनिक तरिकाले उपचार गर्ने चिकित्सा सेवा सञ्चालनमा ल्याएपछि यसबाट फाइदा उठाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। 

यसमा सामान्य एलर्जीदेखि लिएर जटिल छालाको क्यान्सर, फंगल इन्फेक्सन, सोरायसिस, एक्जिमा, डन्डीफोर, दुबीजस्ता समस्यासम्मको उपचार गरिन्छ। यसका लागि अस्पतालले विशेषज्ञ डाक्टरहरूसँगै करोडौंका अत्याधुनिक लेजर उपकरण भित्र्याएको छ। अनुहारमा भएका चाया–पोतो, चाउरी तथा ट्याटु हटाउन र दुबीको उपचारका लागि केएमसीले अत्याधुनिक लेजर प्रविधि प्रयोग गर्दै आएको छ।

यहाँ अनावश्यक स्थानमा उम्रेका रौँ मात्रै हटाइँदैन, कपाल झर्न रोक्ने उपचार पनि गरिन्छ। केही समयमै केएमसीले कपाल रोप्ने अर्थात् हेयर ट्रान्सप्लान्ट सेवा पनि वैज्ञानिक र अत्याधुनिक उपकरणका माध्यमबाट सुरु गर्दैछ। निकै खर्चिलो मानिएको यो सेवा केएमसीले सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन लागेको हो।

छालारोग विशेषज्ञ डाक्टर गरिमा रेग्मीका अनुसार अहिले केएमसीमा दैनिक सयौँको संख्यामा सेवाग्राही छालासम्बन्धी विभिन्न प्रकारका उपचारका लागि आउने गरेका छन्। महिला मात्रै नभएर अहिले छालाको उपचार गराउन आउने पुरुषहरूको संख्या पनि धेरै बढेको डा. रेग्मीको अनुभव छ।

केएमसीमा प्लास्टिक सर्जरी सेवासमेत उपलब्ध भएकाले बिग्रिएका अंग, क्यान्सर उपचारपछि काट्नुपरेका मासुका भाग, दुर्घटनाबाट क्षतिग्रस्त भएका हातखुट्टा वा अनुहार—यी सबैलाई सकेसम्म पूर्ववत् बनाउने काम पनि गरिन्छ। सौन्दर्य सुधारदेखि जटिल पुनर्निर्माणसम्मका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध भएकाले सेवाग्राहीलाई उपचार गराउन अझ सहज बनाएको छ।

कतिपयको नाकको बनावट नमिलेको हुनसक्छ, कसैको ओठ वा गालाले अनुहारको सन्तुलन बिगारेको हुनसक्छ। कसैलाई स्तनको आकारले मानसिक रूपमा असहज बनाइरहेको हुनसक्छ। यस्ता अवस्थाहरूमा व्यक्तिको चाहना, शारीरिक संरचना र चिकित्सकीय मापदण्डलाई ध्यानमा राखेर अंगहरूको बनावट परिवर्तन गरिन्छ। 

शरीरको कवचका रुपमा रहेको छाला स्वस्थ भयो भने धेरै रोग मानसिक रुपमै स्वतः निको हुने चिकित्सकहरू बताउँछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!