बिएल संवाददाता
इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल र ड्रोन प्रहार गरेको छ।
कुवेतको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनलमा गरिएको ड्रोन र मिसाइल आक्रमणका कारण एक जनाको मृत्यु भएको जनाएको छ।
भारतको विदेश मन्त्रालयले कुवेत विमानस्थलमा इरानी हमलामा परी भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ। भारतले आक्रमणको निन्दा गरेको छ।
कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी वक्तव्यमा ‘इरानद्वारा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी भइरहेका क्रूर तथा निरन्तर आक्रमणहरूको कडा शब्दमा निन्दा र भर्त्सना’ गरेको जनाएको छ।
वक्तव्यअनुसार, नागरिक तथा महत्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी आक्रमण भएका छन्। आक्रमणबाट कूटनीतिक नियोगहरू सहित महत्वपूर्ण संरचनाहरूमा क्षति पुगेको छ।
मन्त्रालयले इरानी आक्रमणविरुद्ध आवश्यक कदम चाल्न तथा प्रतिक्रिया दिन आफ्नो ‘पूर्ण र स्वाभाविक अधिकार’ रहेको चेतावनीसमेत दिएको छ।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया