आइतबार, ०७ जुन २०२६

विश्व पासपोर्ट र्‍यांकिङमा नेपाल प्यालेस्टाइनभन्दा २ स्थान पछाडि

News Image
• • •

विश्व पासपोर्ट र्‍यांकिङमा नेपाली पासपोर्टको ४ स्थान सुधार देखिएको छ।

विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन अनुसार यसअघि १०१औं स्थानमा रहेको नेपाल ४ स्थान सुधार गर्दै ९७औं स्थानमा उक्लिएको छ। 

कुनै देशका नागरिकहरूले पूर्वभिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गरिन्छ।

नयाँ प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट यसवर्ष पनि विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा भिसा-फ्री प्रवेशन अनुमति पाउने गरेका छन्।

त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्।

अमेरिकाको पासपोर्ट इतिहासकै कमजोर बन्दै १०औं स्थानमा खस्किएको छ। यसअघि अमेरिका नवौं स्थानभन्दा खस्किएको रेकर्ड छैन।

गत वर्ष (सन् २०२५ मा) ३९ देशमा पहुँचसहित १०१ औं स्थानमा रहेको नेपालको यस वर्ष पूर्वभिसाविना अनुमति पाउने मुलुकको संख्या घटेर ३५ पुगे पनि समग्र सूचीमा स्थान सुधार देखिएको हो। उत्तर कोरिया पनि  नेपालसँगै समान बरियतामा छ।

नेपालको उत्तरी छिमेकी पासपोर्ट बरियतामा सुधारसहित ५६औं स्थानमा उक्लिँदा दक्षिणी छिमेकी भारत ७८औं स्थानमा खस्किएको छ।

यता इजरायल युद्धमा अधिकांश क्षेत्र ध्वस्त पारिएको इजरायल नेपालभन्दा २ स्थान माथि देखिएको छ। जबकी प्यालेस्टाइनले स्वतन्त्र राष्ट्रको पूर्ण मान्यता समेत पाइसकेको छैन।

हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार सन् २००६ मा नेपाल ७६औं स्थानमा रहेको नेपाली पासपोर्टको हैसियत २०२६ सम्म आइपुग्दा ९७औं स्थानमा खस्किएको देखिएको छ। सन् २०२१ मा नेपालको पासपोर्ट इतिहासको कमजोर ११०औं स्थानमा खस्किएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!