तेजन खड्का
मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ) फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिइन्।
त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ।
दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय प्रहरीको सक्रियताले लागुऔषधको जालो भत्किँदै गएको स्थानीयको भनाइ छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया