बिएल संवाददाता
भारतको टिकट काटेका व्यक्तिलाई दुबई उडाएको आरोपमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई कर्मचारी पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ सुमीत्रा चन्द र प्रवीण लामिछानेलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए।
उनलाई निगमका कर्मचारी चन्दले फ्लाई दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको छ। ती भारतीय नागरिक जेठ ३ गते दुबई उडेका थिए।
नेपालबाट तेस्रो मुलुक जानुपरे भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्ने भए पनि भारत जाने टिकट काटेका व्यक्तिलाई दुबई उडाएको भन्दै उनीहरू अनुसन्धानमा तानिएका हुन्।
उनीहरूलाई पक्राउ गर्न अध्यागमन विभागले पत्राचार गरेको प्रहरीले जानकारी गरेको छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया