बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार साँझ इरानमाथि हुने भनिएको हवाई आक्रमण र बमबारी रद्द गरेको घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तिमा- इरानको उच्च नेतृत्वसँग भएका वार्ता अब अन्तिम चरणमा पुगेको र दुबै पक्षका निश्चित बुँदाहरूमा सहमति तयार भएको कारणले आक्रमण अभियान रोकिएको बताएका छन्।
यस सहमति प्रक्रिया अन्तर्गत, संयुक्त राज्य अमेरिका मात्र नभई इजरायल, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, टर्की, पाकिस्तान, बहराइन, कुवेत, जोर्डन, इजिप्ट लगायतका क्षेत्रीय देशहरूले पनि सहमत भएको जनाइएको छ।
विज्ञप्तिमा "इरानको समुद्री नाकाबन्दी (Naval Blockade) जबसम्म यो आफ्नै पूर्णरूपमा अन्तिम सम्झौतामा परिणत हुँदैन तबसम्म जारी रहने बताइएको छ।"
राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुने समय तथा स्थान छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्।
विश्लेषकहरूको दृष्टिमा यो कदमले मध्यपूर्वमा थप तनाव निराकरणतिर कदम बढाएको हुनसक्ने संकेत दिएको छ, तर तटस्थ अन्वेषण तथा स्वतन्त्र पुष्टि जारी बताइएको छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया