सोमबार, २० जुलाई २०२६

अमेरिका र इरानबीच २४ घण्टाभित्र सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दाबी

बिएल संवाददाता

बिएल संवाददाता

इस्लामावाद
News Image
फाइल तस्बिर
• • •

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको सम्झौता निकै नजिक पुगेको बताएका छन्।

शनिबार उनले सामाजिक सञ्जाल एक्समार्फत ‘शान्ति सम्झौताको पहिलेभन्दा धेरै नजिक पुगेको’ दाबी गरेका हुन्।

‘अर्को २४ घण्टाभित्र सम्झौता अन्तिम रूप पाउने अपेक्षा गरिएको छ, त्यसपछि पाकिस्तान शान्ति सम्झौतामा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्ने तयारीमा छ। त्यसपछिको हप्ता प्राविधिक तहमा थप वार्ता हुनेछ,’ शरिफले भनेका छन्।

प्रधानमन्त्री शरीफले यो ऐतिहासिक शान्ति सम्झौताले दीर्घकालीन शान्तिको लागि बलियो आधार तयार गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

उनले भनेका छन्, ‘वार्ताका क्रममा निरन्तर सहयोगका लागि हामी अमेरिका र इरानलाई धन्यवाद दिन चाहन्छौं। साथै, यस क्षेत्रमा रहेका आफ्ना दाजुभाइ तथा मित्र राष्ट्रहरूको समर्थनप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौं।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!