बिएल संवाददाता
चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा म्याजिक भ्यान र स्कार्पियो एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका हुन्।
म्याजिकमा सवार घाइते हुनेमा नवलपरासीको गैंडाकोट–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, सोही ठाउँ की २८ वर्षीया मनिसा आले, उनको २० महिनाको छोरा पिन्स आले, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सिता दानि, इच्छाकामना-०६ बस्ने २४ वर्षीया रचना गुरुङ, सोही ठाउँकी ५३ वर्षीय कान्छा दागि रहेका छन्।
स्कर्पियोमा सवार घाइते हुनेमा जिल्ला सर्लाही हरिवन–०८ बस्ने ४५ वर्षीया कविता अग्रवाल र उनको श्रीमान ५३ वर्षीय शशी भसाल अग्रवाल रहेका छन्।
घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।
म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–०४ बस्ने ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–०२ बस्ने ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया