बुधबार, २२ जुलाई २०२६

नेपाल सरकारलाई साढे ३ खर्बको सहयोग गर्ने एडीबी अध्यक्षको घोषणा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले नेपाल सरकारलाई  दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री बालेन शाहसँगको भेट पछि मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मासातोले सन् २०२९ सम्म उक्त रकम बराबरको सहयोग गर्ने बताएका हुन्। उक्त रकम नेपाली रुपैयाँअनुसार ३ खर्ब ६२ अर्ब भन्दा बढी हुन्छ।

‘मैले आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि उहाँले अघि सारेका सुधारका कार्यक्रमलाई सहयोग गर्न एडीबी दृढ प्रतिबद्धता रहेकोमा जोड दिएँ,’ उनले भने, ‘एडीबीले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउँदै नेपालको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा आफ्नो भूमिका अझ सुदृढ बनाइरहेको छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!