बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले समाजलाई झूट पत्याउने बानी परिसकेको टिप्पणी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
‘हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली भएको छ’, उनले भने।
त्यसैगरी उनले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेकाे पनि आरोप लगाए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया