शनिबार, १५ अगस्ट २०२६

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका पौडेलको शुक्रबारको थुनछेक बहसपछि विशेष अदालका सदस्य न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

व्यवसायी दीपक भट्टलगायतलाई गैरकानुनी सम्पत्ति लुकाउन एवं छल्ने वातावरण बनाएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले मतियारका रूपमा पौडेलसहित ६ जना र १० प्रालिसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!