शनिबार, ०८ अगस्ट २०२६

असई भुजेल ‘उत्कृष्ट प्रहरी’ घोषित

News Image
• • •

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल असार महिनाको ‘Best Police of the Month’ बाट सम्मानित भएका छन्।

उनले असार महिनामा काठमाडौं उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका विभिन्न गम्भीर अपराधका घटनाको सफल अनुसन्धान गर्नुका साथै कारागारबाट फरार रहेका प्रतिवादीहरू पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनको यही उल्लेखनीय योगदानको कदर स्वरूप ‘उत्कृतष्ट प्रहरी सम्मानबाट’ बाट सम्मानित भएका हुन्।

असई भुजेल अपराध अनुसन्धानमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी अधिकृतका रूपमा परिचित छन्। विशेषगरी सूचना सङ्कलनदेखि जटिल घटनाको अनुसन्धानसम्म उत्कृष्ट नेतृत्व र व्यावसायिक दक्षता प्रदर्शन गर्दै आएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!