बिएल संवाददाता
रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ।
आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
रुकुम पूर्वसहित अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लामासमेत भूकम्पको कडा धक्का महसुस भएको स्थानीयवासीहरूले जनाएका छन्।
भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण भने प्राप्त भइनसकेको गृहमन्त्रालयले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया