बिएल संवाददाता
टेकुमा गोली हानेर समातिएका व्यक्तिबाट २४ हजार ७ सय क्याप्सुल लागुऔषध बरामद भएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार कुलेश्वर र टेकुको पुल नजिकबाट प्रहरीले गोली हानेर सुरुमा दुईजना र पछि एकजना गरी तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबाट लागुऔषध टेपेन्डाडोल २४ हजार ७ सय क्याम्सुल बरामद भएको एसएसपी बोहोराले बताए।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक २५ वर्षीय राज सोनी, बाँकेको नेपालगञ्जका १९ वर्षीय निखिल सोनी र सुर्खेतको पन्चपुरीका १९ वर्षीय शोफिया मगर पक्राउ गरेका छन्।
भारतबाट लागुऔषध ल्याएर काठमाडौंमा बिक्रि वितरण गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा ब्युरोको टोली खटिएको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि सुरुमा हवाई फायर र पछि भारतीय नागरिकको दुवै खुटामा घुँडामुनि गोली चलाइएको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया