शनिबार, १५ अगस्ट २०२६

दिल्लीमा नाकाबन्दी, संसद भवनतर्फ अघि बढे कक्रोच प्रदर्शनकारी

बिएल संवाददाता

बिएल संवाददाता

नयाँ दिल्ली
News Image
• • •

कक्रोच जनता पार्टी (सीजेपी)ले घोषणा गरेको संसद् मार्चका क्रममा दिल्लीका विभिन्न स्थानमा चहलपहल देखिएको छ।

शान्तिपूर्ण संसद् मार्च गर्ने घोषणा गरेको कक्रोचलाई दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिए पनि हजारौं संख्यामा समर्थकहरू दिल्लीका विभिन्न स्थानमा भेला भएका छन्।

कक्रोच समर्थकहरू भारतको संसद भवनअगाडि ठूलो संख्यामा भेला भएका बीबीसी हिन्दीले लेखेको छ। संसद भवनअघि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमे भएका दृश्यहरू सार्वजनिक भएका छन्।

समाचार एजेन्सी पीटीआई ले सार्वजनिक गरेको भिडियोमा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको दाबी गरिएको छ।

पीटीआईले साझा गरेको एक भिडियोमा सीजेपीका प्रदर्शनकारी मेट्रो स्टेशनभित्र देखिएका छन्। साथै, सामाजिक सञ्जालमा सार्वजनिक भएका अन्य भिडियोहरूमा प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेको पनि सुनिन्छ।

यता, सीजेपीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत जनपथ मेट्रो स्टेशन नजिकका केही तस्बिरहरू सार्वजनिक गरेको छ। ती तस्बिरहरूमा पनि ठूलो संख्यामा प्रदर्शनकारीहरू उपस्थित देखिएका छन्।

यस घटनाक्रमबीच दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)ले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत जानकारी दिँदै राजीव चौक, जनपथ, पटेल चौक लगायत केही अन्य मेट्रो स्टेशनको सेवा प्रभावित भएको जनाएको छ।

कक्रोचका समर्थकहरूले यातायात अवरुद्ध गर्दा दिल्लीमा नाकाबन्दीको अवस्था सिर्जना भएको आजतकले उल्लेख गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!