बिएल संवाददाता
ब्रेकएनलिंक्स मिडियामा प्रकाशित ‘चन्दननाथका कर्मचारीको ‘लुटधन्दा’, कागजी तालिममा लाखौं ‘स्वाह’’ शीर्षकको समाचारप्रति चन्दनाथ नगरपालिकाका कर्मचारीहरूले खण्डन गरेका छन्।
यस्तो छ खण्डन्–
विषय: चन्दननाथ नगरपालिकासम्बन्धी प्रकाशित समाचारप्रति खण्डन
मिति: साउन ६, २०८३
ब्रेकएनलिंक्समा प्रकाशित "चन्दननाथका कर्मचारीको ‘लुटधन्दा’, कागजी तालिममा लाखौं ‘स्वाह’" शीर्षकको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त समाचारमा प्रस्तुत गरिएका केही विषयवस्तु एकपक्षीय, अपुष्ट तथा सन्दर्भविहीन ढंगले प्रस्तुत गरिएको हुँदा यसबाट सम्बन्धित कर्मचारीहरूको व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा गम्भीर असर पुगेको छ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएका विषयहरू प्रारम्भिक लेखापरीक्षणका कैफियत हुन्। यस्ता कैफियत सम्बन्धित निकायबाट प्रमाण, स्पष्टीकरण तथा आवश्यक कागजात पेश गरी नियमित हुने वा अन्तिम निर्णय हुने कानुनी प्रक्रिया बाँकी नै रहन्छ। त्यसैले अन्तिम निर्णय नआउँदै सम्बन्धित व्यक्तिहरूलाई दोषी ठहर गर्दै "लुटधन्दा", "अनियमितता", "बजेट स्वाहा" जस्ता शब्द प्रयोग गर्नु पत्रकारिताको निष्पक्षता र आचारसंहिताको मर्मविपरीत छ।
समाचारमा उल्लेख गरिएका भुक्तानी, तालिम सञ्चालन तथा कार्यक्रम कार्यान्वयनका विषयहरू सम्बन्धित कानुन, कार्यविधि तथा उपलब्ध कागजातका आधारमा सम्बन्धित निकाय समक्ष स्पष्ट पारिने प्रक्रियामा रहेका छन्। त्यसैले एकतर्फी निष्कर्ष प्रस्तुत गरी कर्मचारीहरूको चरित्रहत्या हुने गरी समाचार सम्प्रेषण गर्नु उचित होइन।
हामी सम्बन्धित सञ्चारमाध्यमलाई समाचारमा समेटिएका तथ्यहरूको पुनः परीक्षण गर्न, सम्बन्धित पक्षको आधिकारिक धारणा प्रकाशित गर्न तथा आवश्यक परे समाचार सच्याउन आग्रह गर्दछौं। साथै, अन्तिम कानुनी निष्कर्ष नआउँदासम्म कसैलाई दोषी करार गर्ने शैलीबाट बच्न अनुरोध गर्दछौं।
सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति हाम्रो पूर्ण सम्मान रहेको छ। तर अपुष्ट आरोप र एकपक्षीय समाचारका कारण कुनै पनि कर्मचारी वा संस्थाको प्रतिष्ठामा आँच पुग्ने कार्य स्वीकार्य हुन सक्दैन। आवश्यक परे सम्बन्धित निकाय मार्फत कानुनी प्रक्रियासमेत अवलम्बन गरिनेछ।
यस्तो छ बीएल मिडियाले प्रमाणसहित प्रकाशित गरेको समाचार–
चन्दननाथका कर्मचारीको ‘लुटधन्दा’, कागजी तालिममा लाखौं ‘स्वाह’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया