बिएल संवाददाता
नशालु पदार्थ खुवाएर महिलामाथि जबरजस्ती करणी गर्ने कार्यमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, मोरङको केराबारी गाउँपालिका–८ बस्ने ५० वर्षीय कमलबहादुर आलेमगर र मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा छन्।
उनीहरूले गत साउन १७ गते पीडित महिलालाई नशालु पदार्थ सेवन गराएर एक रिसोर्टमा पुर्याएर ज्यान मार्ने धाकधम्कीसमेत दिएको प्रहरीले बताएको छ।
पीडित महिलामाथि डम्बरबहादुरले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रतिवादीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया