शनिबार, १५ अगस्ट २०२६

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

लगानी बोर्ड नेपाल विदेशी तथा स्वदेशी ठूला लगानी परियोजनाको स्वीकृति, सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रमुख निकाय हो। 

बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ ।

नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित छिन्। 

उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार (सिनियर पोलिसी एडभाइजर) का रूपमा कार्य अनुभव हासिल गरेकी छन्।

उक्याबले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर अफ पब्लिक पोलिसी–एमपीपी) अध्ययन गरेकी छन्। 

विकास नीति, आर्थिक रूपान्तरण, लगानी प्रवद्र्धन तथा संस्थागत सुधारका क्षेत्रमा उनको अनुभव रहेको बताइएको छ।

सरकारले लगानी आकर्षित गर्ने, ठूला परियोजनाको कार्यान्वयनलाई गति दिने तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्यसहित उक्याबलाई नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!